Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राजावादीले जहिल्यैं पनि संञ्चार क्षेत्रको घाँटी निमोठ्ने काम गरे - सभापति ऋषि धमला

राजावादीले जहिल्यैं पनि संञ्चार क्षेत्रको घाँटी निमोठ्ने काम गरे - सभापति ऋषि धमला

  • आइतवार, चैत्र १७ २०८१

  • 489
    SHARES

  • राजावादीले जहिल्यैं पनि संञ्चार क्षेत्रको घाँटी निमोठ्ने काम  गरे - सभापति ऋषि धमला

    काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालको सञ्चारक्षेत्र अहिले राजावादीहरुको आक्रामणको शिकार भएको टिप्पणी गर्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    नेपालको सञ्चार क्षेत्रलाई जहिल्यैपनि राजावादीहरुले घाँटी निमोठ्ने काम गरेको बताउँदै उहाँले नेपालमा लोकतन्त्रको विकल्प लोकतन्त्र र गणतन्त्रको विकल्प पनि गणतन्त्र नै भएको बताउनुभयो । गणतन्त्रको विकल्प राजसंस्था हुनै नसक्ने उहाँको भनाई छ ।

    यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् । अहिले लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको उनले टिप्पणी गरे । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष साहले सो बताउनुभएको हो ।

    उहाँले अहिले मुलुकमा पार्टीको हैकम रहेको, देश पार्टीले चलाएको र त्यसमा पनि पार्टीभित्रको गुटले चलाइरहेको आरोप लगाउँदै पार्टीका कारिन्दाहरुले लोकतन्त्रलाई मजाक बनाईएको टिप्पणी गर्नुभयो ।


    आइतवार, चैत्र १७ २०८१०५:४९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij