Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

आफूलाई जेल हाल्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चुनौती

आफूलाई जेल हाल्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चुनौती

  • आइतवार, चैत्र १७ २०८१

  • 558
    SHARES

  • आफूलाई जेल हाल्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चुनौती

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिनुभएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उहाँले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिनुभएको हो ।

    बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको दृश्य देखिन्छ । सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाकुर गैरेले सडकमा भएको अराजक क्रियाकलापमा संलग्नहरुलाई दण्डित गर्नुपर्ने बताएपछि लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिनुभएको हो ।

    यसैवीच यता राप्रपा आफ्नै ढंगले अघि बढ्ने तयारी गरेको छ । राजावादीले गर्ने सबै आन्दोलनमा सघाउने नीति लिएको उक्त पार्टीले अब भने आफ्नै ढंगले कार्यक्रमलाई अघि बढाउने तयारी गरेको हो ।


    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वघोषित चैत २६ गते काठमाडौँमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा वैशाख ७ गते हुने राजधानी केन्द्रित आन्दोलन हुने बताउनुभयो । उहाँले उच्च मनोबल सहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई अपिल गर्नुभएको छ । तर, उहाँले तीनकुने घटना सरकारकै कारण भएको जिकीर गर्नुभयो । राप्रपाले तीनकुने घटनाको स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी छानविन गर्न माग समेत गरेको छ।


    आइतवार, चैत्र १७ २०८१०३:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij