Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद

  • आइतवार, चैत्र १७ २०८१

  • 434
    SHARES

  • प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ । टेलिफोन संवादमा प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएका थिए ।

    पछिल्लो राजनीतिक परिस्थिति र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा जवाफ दिने दुई नेताबीच सहमति भएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह आयोजक रहेर शुक्रबार तीनकुनेमा दुईजनाको ज्यान जाने गरी गरिएको अराजक गतिविधिबारे पनि दुई नेताबीच कुराकानी भएको छ ।

    ओली र प्रचण्डले पूर्व राजाको गतिविधि ठीक नभएको र पक्राउ पर्ने डरले भागेका दुर्गा प्रसाईंबारे पनि केही कुराकानी गरेको बुझिएको छ । कुराकानीका क्रममा दुवै नेताहरूबीच थप छलफल भेटेर गर्ने सहमति पनि भएको छ । तीनकुने घटनापछि गणतन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्ने कुरा उठिरहेको छ ।


    आइतवार, चैत्र १७ २०८१०२:२२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij