Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

व्यवस्थाविरोधी गतिविधीले सिंगो देश नै शसंकित,पूर्वराजा शाहप्रति गणतन्त्रवादी दलहरु आक्रोशीत, कडा कारबाही गर्ने रणनीति बनाउँदै (खासखबर)

व्यवस्थाविरोधी गतिविधीले सिंगो देश नै शसंकित,पूर्वराजा शाहप्रति गणतन्त्रवादी दलहरु आक्रोशीत, कडा कारबाही गर्ने रणनीति बनाउँदै (खासखबर)

  • शनिवार, चैत्र १६ २०८१

  • 869
    SHARES

  • व्यवस्थाविरोधी गतिविधीले सिंगो देश नै शसंकित,पूर्वराजा शाहप्रति गणतन्त्रवादी दलहरु आक्रोशीत, कडा कारबाही गर्ने रणनीति बनाउँदै (खासखबर)

    काठमाडौं। वर्तमान व्यवस्थाका विरुद्धमा हिजो काठमाडौंको तीनकुनेमा क्षेत्रमा भएको एक हिंसात्मक घटनाले आजपनि दिनभर सशंकित नै बनायो। देशमा राजतन्त्र चाहने राजावादी समुहले गरेको प्रदर्शन एक्कासी हिंसात्मक बन्दै गएपछी उत्पन्न परिस्थीतिले हिजो काठमाडौं तनाबग्रस्त बनेको थियो ।

    देशमा राजसंस्था फर्काउनका लागी पूर्वराजा ज्ञानेन्द्र शाहले नै निर्माण गरेको समुह राजसंस्था पुनस्थापनाका लागी संयुक्त जनआन्दोलन समितिले हिजो आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरु एकाएक उग्र बनेपछी सुरु भएको हिंसा रक्तपातपूर्ण नै बन्न पुग्यो।

    प्रदर्शन एकाएक हिंसात्मक बन्न थालेपछी नियन्त्रणको प्रयास गरेको प्रहरीमाथी नै प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाई स्वयंले सुरक्षा घेरा तथा निषेधीत क्षेत्र तोडेर सवारी कुदाएपछी तनावग्रस्त बनेको तीनकुने एकाएक हिंसात्मकसँगै रक्तपातपूर्ण बन्न पुगेको थियो।

    जसबाट समाचार संकलनका लागी खटिएका पत्रकार सुरेश रजकसहित २ जनाले अकालमै ज्यान गुमाए भने प्रहरी, प्रदर्शनकारी र सर्वसाधरण गरी सयौं बढी घाइते भए,दर्जनौं नीजि तथा सार्वजनीक सम्पत्ति, औषधी उद्योग, व्यवसाय, सञ्चारगृह, राजनैतिक दलका कार्यालयलगाएतमा आगजनी र तोडफोड हुँदा अर्बौंको क्षति भयो। तरपनि स्थीति सामान्य नबनेपछी नेपाली सेनालाई नै सडकमा उतारेर कफ्र्यु नै जारी गर्नुपर्ने अवस्था आयो ।

    त्यसपछी केही साम्य बनेको स्थीति बल्ल सामान्य अवस्थामा फर्किदै छ भने प्रहरीले हिंसात्मक गतिवीधिमा सक्रिय बनेका नेताहरुसहित सयौं जनालाई नियन्त्रणमा लिएको छ,संयोजक प्रसाईसहित केही फरार रहेकाहरुको खोजी जारी राखेको छ। घटना सम्बन्धमा अनुसन्धान गरिरहेको सरकारले पनि प्रदर्शनका नाममा गरिएको हिंसा नियोजित नै रहेको घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै उनिमाथी पनि अनुसन्धान थाल्ने तयारी गरेको छ ।

    तर उता, प्रदर्शनको आयोजक राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आँफुहरुको कुनै गल्ती नै नरहेको दाबी गर्दै सुरुवातबाटै राज्यका तर्फबाट दमन गरिएपछी अवस्था तनावग्रस्त बनेको र यसको जिम्मा सरकारले नै लिनुपर्ने दाबी गर्नुभयो।

    घटनालगत्तै यता गणतन्त्रवादी दल र तीनका नेताहरु व्यवस्थाविरोधी गतिवीधिविरुद्ध आगो ओकल्न थालेका छन्। केही समयदेखी उत्त समुहले सक्रियता बढाएपछी शसंकित बनेका केही दलहरु हिजो नै समाजवादी मोर्चाका नामबाट काउन्टरस्वरुप भृकुटिमण्डपमा शक्ति प्रदर्शनसमेत गरेका थिए। राजावादीको हिंसात्मक गतिवीधि विरुद्धमा सरकार र अन्य दल सबै एकठाउँजस्तै देखिन्छन्।

    बर्तमान सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पदम गिरिले व्यवस्थाकै विरुद्धमा भएको उक्त हिंसात्मक प्रदर्शन गम्भिर रहेको र यसको योजनाकार पूर्वराजा शाह नै भएकाले उनकै निर्देशनमा यो घटना घटेकोले उनिमाथी कडा कारबाही गर्नुपर्ने बताउनुभयो।

    यता अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि एकैदिन दुईवटा शक्ति प्रदर्शनको अनुमति दिने सरकार सुरक्षा व्यस्थामा चुकेको भएपनि प्रदर्शन हिंसात्मक बनाएर रत्तपातपूर्ण स्थीति बनाउने मुख्य योजनाकार ज्ञानेन्द्र शाह नै रहेको ठोकुवा गर्नुभयो। उहाँले शाहको मानसिकता नै आपराधीक रहेको र अहिले ठेगान लगाउने ठिक समय आएकोले सरकारले कडा कदम चाल्नुपर्ने बताउनुभयो।

    यता सरकारले घटनाबारे गम्भिर अनुसन्धान गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने बताएको छ। प्रदर्शनबाट क्षतिग्रत बनेका कार्यालय तथा संरचनाको स्थलगत अनुगमनमा पुगेका गृहमन्त्री रमेश लेखकले घटना नियोजित रुपमै सञ्चारकर्मी र प्रहरीमाथी आक्रमणसँगै घर तथा कार्यालयमा आगजनी भएको देखीएकोले दोषीलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो।

    देशमा कायम लोकतान्त्रीक शासन व्यवस्थाविरुद्ध शान्तिपूर्ण प्रदर्शनका नाममा भएको प्रदर्शन हिंसात्मक बनेर जुन अवस्था सृजना भयो यो अत्यन्तै दुखःद पक्ष हो। अस्थिर राजनीतिले आम जनमानसमा उत्पन्न दलहरुप्रतिको वितृष्णालाई लिएर व्यवस्थाविरोधीले गर्ने यस्ता हर्कतलाई निश्तेज पार्न सरकारसँगै गणतन्त्रवादी दलहरु नै जिम्मेवार बन्न जरुरी छ।

    अन्यथा व्यवस्थाविरोधीले गर्ने यस्ता हिंसात्मक गतिवीधीको मारमा सर्वसाधरण परिरहन सक्छन्। यसका लागी गणतन्त्रवादी दल र यीनका नेतृत्वकर्ताले गम्भिर समिक्षा गरी जनतामा बढ्दो वितृष्णा चिर्र्न आवश्यकत देखिन्छ।।

     


    शनिवार, चैत्र १६ २०८१०८:१८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij