Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राजावदीको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको भत्सर्ना

राजावदीको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको भत्सर्ना

  • शनिवार, चैत्र १६ २०८१

  • 438
    SHARES

  • राजावदीको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको भत्सर्ना

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रवार काठमाडौंको तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भएको लुटपाट, आगजनी तथा तोडफोडप्रति ध्याकर्षण भएको जनाएको छ । महासंघले आज एक विज्ञप्ती जारी गर्र्दै राजवादीहरुको आन्दोलनबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै उक्त घटनामा भएको क्षतिको क्षतीपुर्ति दिलाइनु पर्ने माग गरेको छ ।

    महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । ‘विभिन्न माग राखी हुने गरेका आन्दोलन-प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    २०८१ चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलन-प्रर्दशनका क्रममा मानवीय क्षतिसंगै धनजनमा भएको आक्रमण निक्कै दुखद छ । आन्दोलन-प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहीत परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौं । साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्सर्ना गर्दै क्षतिपुर्ति हुनुपर्ने महासंघको माग छ ।

    संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ ।’


    शनिवार, चैत्र १६ २०८१०७:२२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij