Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पूर्वराजाले चाहेर पनि गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने देउवाको दाबी

पूर्वराजाले चाहेर पनि गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने देउवाको दाबी

  • शनिवार, चैत्र १६ २०८१

  • 505
    SHARES

  • पूर्वराजाले चाहेर पनि गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने देउवाको दाबी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गर्नुभएको छ ।

    नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको १८औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा उहाँले यस्तो दाबी गर्नुभएको हो । गणतन्त्र पूर्वराजाले चाहेर पनि नहट्ने दाबी गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने नियत र योग्यता नै नभएको टिप्पणी गर्नुभयो ।

    शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक आन्दोलनतर्फ लक्षित गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रप्रति प्रश्न समेत गर्नुभयो । हिजोको घटना जसरी हुलहुज्जत भयो । अराजक तरिकाले काठमाडौंमा आक्रमण ग¥यो । यसले पनि ज्ञानेन्द्रले अहिले नै यस्तो गर्छन् भने, राजा भएको खण्डमा कस्तो गर्लान भन्ने फेरी एक पटक पुष्टी भएको बताउनुभयो ।

     


    शनिवार, चैत्र १६ २०८१०१:४१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij