Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको तीनकुनेमा लगाइएको कर्फ्यु हट्यो

काठमाडौंको तीनकुनेमा लगाइएको कर्फ्यु हट्यो

  • शनिवार, चैत्र १६ २०८१

  • 542
    SHARES

  • काठमाडौंको तीनकुनेमा लगाइएको कर्फ्यु हट्यो

    काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ।

    हिजो शुक्रबार अपराह्न ४ः२५ देखि तीनकुनेमा चार किल्ला तोकेर जारी भएको कर्फ्यु आदेश आज शनिबार बिहान ७ बजेपछि हटेको हो।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहान ७ बजेसम्म जारी भएको कर्फ्यु आदेश स्थगत गरिएको जानकारी दिएको छ।

    शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पहिलो चरणमा अपराह्न ४ः २५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको थियो।

    राति १० बजेपछि कर्फ्यु आदेशको अवधि बढाएर शनिबार बिहान ७ बजेसम्म पुर्‍याइएको थियो।

    गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुल, बानेश्वरदेखि शंखमुल पुल, गौशालाचोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो।


    शनिवार, चैत्र १६ २०८१०७:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij