Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

तीनकुनेमा तनाबः प्रदर्शनकारी र प्रहरीबिच झडप, दर्जनौं घाइते, नीजि घरमा आगजनी

तीनकुनेमा तनाबः प्रदर्शनकारी र प्रहरीबिच झडप, दर्जनौं घाइते, नीजि घरमा आगजनी

  • शुक्रवार, चैत्र १५ २०८१

  • 1.0K
    SHARES

  • तीनकुनेमा तनाबः प्रदर्शनकारी र प्रहरीबिच झडप, दर्जनौं घाइते, नीजि घरमा आगजनी

    काठमाडौं। काठमाडौंको तीनकुने क्षेत्रमा तनाब उत्पन्न भएको छ। राजावादीहरुले गरेको प्रदर्शन अराजक बन्दै गएपछी नियन्त्रणमा लिन खोजेको प्रहरीसँग प्रदर्शन कारीको झडप भएपछी तनाब उतपन्न भएको हो ।

    उक्त झडपमा दर्जनौं सुरक्षाकर्मी र प्रदर्शनकारीहरु घाइते भएका छन् । तनाबले तीनकुनेस्थित एक घरमा आगजनी भएको छ। प्रदर्शन बिथोलिएको केही समयमै तीनकुने क्षेत्रस्थित एक मार्बल हाउसमा आगजानी गरिएको हो ।

    आगलागी निभाउने क्रममा समेत राजावादी प्रदर्शनकारी दमकलमाथि ढुंगामुढामा उत्रिएका थिए लामो समयको प्रयासपछी आगो भने नियन्त्रणमा आएको छ । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबैजसो फुटाइदिएका थिए ।

    प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुकसमेत खोसेका छन् । प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका हुन् ।

     


    शुक्रवार, चैत्र १५ २०८१०३:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij