Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज आज काठमाडौमा प्रदर्शन गर्दै

गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज आज काठमाडौमा प्रदर्शन गर्दै

  • शुक्रवार, चैत्र १५ २०८१

  • 272
    SHARES

  • गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज आज काठमाडौमा प्रदर्शन गर्दै

    काठमाडौं । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौमा बेग्लाबेग्लै प्रदर्शन गर्दैछन् ।

    गणतन्त्रपक्षधरको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दैछ भने राजसंस्था पक्षधरको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ ।

    राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् भने गणतन्त्रवादीहरूको प्रदर्शनका लागि भृकुटीमण्डप तोकिएको छ । समाजवादी मोर्चामा आवद्ध भएका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

    समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।

    नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको हो । राजावादीलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिइने प्रशासनले जनाएको छ ।

    आज दुवै पक्षको प्रदर्शनबाट हुनसक्ने भिडन्तलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरलाई भेट्न नदिने विशेष रणनीति अनुरुप प्रदर्शनका लागि बेग्लाबेग्लै स्थान तोकिएको हो । सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाइएको छ ।


    शुक्रवार, चैत्र १५ २०८१०९:१८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij