Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

कुलमान पक्षको आन्दोलनमा ‘राजाको पोष्टर बोक्ने’ विदेशी नागरिक पक्राउ

कुलमान पक्षको आन्दोलनमा ‘राजाको पोष्टर बोक्ने’ विदेशी नागरिक पक्राउ

  • बिहिवार, चैत्र १४ २०८१

  • 467
    SHARES

  • कुलमान पक्षको आन्दोलनमा ‘राजाको पोष्टर बोक्ने’ विदेशी नागरिक पक्राउ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका एकजना विदेशी नागरिक पक्राउ परेका छन् । सुरूमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका उनले त्यसलगत्तै राजावादीको पोस्टर बोकेर आन्दोलनमा आएका थिए ।

    पहिले कुलमानको पक्षमा र त्यसपछि राजावादीको पक्षमा दौरासुरुवालसहित प्रदर्शनमा उत्रिएका उनी अहिले पक्राउ परेका छन् । आफूलाई अमेरिकी नागरिक बताउने उनलाई प्रहरी वृत्त, सिंहदरबारका डीएसपी गङ्गाप्रसाद पौडेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

    उनले सुरूमा आफू कुनै पनि देशको नभएको बताएका थिए । तर प्रहरीले सोधपुछ गर्दा अमेरिकी नागरिकका रुपमा परिचय दिएको प्रहरीले जनाएको छ । उनी पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ ।

    डीएसपी पौडेलका अनुसार ती अमेरिकी नागरिकले ओरिजिनल राहदानी ल्याउने बताएका छन् ।


    बिहिवार, चैत्र १४ २०८१०४:४०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij