Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बिज्ञ भन्छन्, ‘नेपाली राजनीतिमा चाहिनेभन्दा धेरै विदेशी हस्तक्षेप भयो’

बिज्ञ भन्छन्, ‘नेपाली राजनीतिमा चाहिनेभन्दा धेरै विदेशी हस्तक्षेप भयो’

  • सोमवार, मंसिर ८ २०७७

  • 1.1K
    SHARES

  • बिज्ञ भन्छन्, ‘नेपाली राजनीतिमा चाहिनेभन्दा धेरै विदेशी हस्तक्षेप भयो’

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी आज बिहान खुमलटार पुगेकी थिइन् ।

    भेटमा नेपाल–चीन सम्बन्ध र दुई देशका पार्टीबीचको सहकार्यका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा यान्छीले प्रचण्डलाई चिनियाँ राष्ट्रपति सिझिङपिङको किताब उपहार दिएकी छिन् ।

    नेकपाभित्र शक्ति संघर्ष बढिरहेका बेला अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच भेट भएको हो । त्यसैले यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चीनबाट हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हे यही १४ मंसिरमा नेपाल भ्रमणमा आउँदैछन् ।

    प्रमुख प्रतिपक्षी नेपली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाल भारत सम्बन्ध सांस्कृतिक, धार्मिक र व्यवहारिक रुपमा अत्यन्त मजबुत भए पनि भारतले गरेका नाकाबन्दी र सीमा विवाद जस्ता विषयले सम्बन्ध प्रभावित भएको बताउनुभएको छ ।

    उहाँले नेपालमा मात्र नभएर चिनियाँ राजनीतिको प्रभाव विश्वभरी पर्दै गएको स्पष्ट पार्नुभयो । नेकपा विवाद उत्कर्षमा पुगेका बेला भारत र चीनको सक्रियता बढेको प्रष्ट देखिएकाले नेपालले आफ्नै भूमिबाट निर्णय लिनुपर्ने भण्डारीले उल्लेख गर्नुभयो ।

    नेकपा विवादकैबीच यसअघि २ मंसिर साँझ राजदूत यान्छीले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी थिइन् । उनले नेकपा सचिवालय बैठकको अघिल्लो दिन ओलीलाई बालुवाटार पुगेर भेटेकी हुन् ।

    नेपाली राजनीतिमा विदेशी हस्तक्षेप आवश्यकताभन्दा धेरै हुन थालेकाले चिनियाँ राजदूत याङ्छीको प्रवेशलाई त्यहीरुपमा हेर्दा अन्यथा नहुने राजनीति विश्लेषक प्राडा सुरेन्द्र केसी बताउनुहुन्छ ।

    यसैबीच, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले आगामी पनि मंसिर ११ गते नेपाल आउने भएका छन् । उनी दुई दिने भ्रमणका लागि आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले आज एकै समयमा श्रींगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेका हुन् ।


    सोमवार, मंसिर ८ २०७७०८:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij