Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

द्वन्द्व पीडितलाई न्याय दिने सम्झौता हुदैंन - देउवा

द्वन्द्व पीडितलाई न्याय दिने सम्झौता हुदैंन - देउवा

  • बिहिवार, चैत्र १४ २०८१

  • 411
    SHARES

  • द्वन्द्व पीडितलाई न्याय दिने सम्झौता हुदैंन - देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताउनुभएको छ । उहाँले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको भन्दै वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको बताउनुभयो ।

    आज काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र यो पीडितहरूले पनि न्याय पाउने बताउनुभयो ।

    पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट रहेको बताउँदै उहाँले पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्ने बताउनुभयो । सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा देउवाको जोड छ ।

     


    बिहिवार, चैत्र १४ २०८१०३:३९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij