Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु अनुचित - विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु अनुचित - विश्वप्रकाश शर्मा

  • बिहिवार, चैत्र १४ २०८१

  • 426
    SHARES

  • प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु अनुचित - विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु उचित नभएको बताउनुभएको छ ।
    आज संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको विषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताउनुभएको हो ।

    सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उहाँको भनाई छ । यद्यपि शर्माले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको बताउनुभयो ।

    शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको जिकिर गर्दै केही महिना मात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको धारणा राख्नुभयो ।

    विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समेत जटिलता उत्पन्न भएको बताउनुभयो ।

     


    बिहिवार, चैत्र १४ २०८१०२:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij