Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको बैठक सुरु

समाजवादी मोर्चाको बैठक सुरु

  • बुधवार, चैत्र १३ २०८१

  • 454
    SHARES

  • समाजवादी मोर्चाको बैठक सुरु

    काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बैठक सुरु भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार अपराह्नदेखि बैठक सुरु भएको हो ।

    समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो । सोही प्रदर्शनको विषयमा आवश्यक रणनीति बैठकले तय गर्ने मोर्चाका एक नेताले बताए ।

    सोही दिन व्यवस्था विरोधी दल तथा समूहले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।


    बुधवार, चैत्र १३ २०८१०४:५३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij