Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधी सभाको दोस्रो बैठक पनि स्थगित

प्रतिनिधी सभाको दोस्रो बैठक पनि स्थगित

  • बुधवार, चैत्र १३ २०८१

  • 397
    SHARES

  • प्रतिनिधी सभाको दोस्रो बैठक पनि स्थगित

    काठमाडौँ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेका छन् । पहिलो बैठकमा पनि सभामुख देवराज घिमिरेले सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए ।

    सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरू बसेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

    विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताउनुभएको थियो ।


    बुधवार, चैत्र १३ २०८१०३:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij