काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्नसक्ने बताउनुभएको छ ।
आज संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न पटक पटक प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको भन्दै उहाँले त्यस दिनको बैठकमा कुलमानबारे कसैले एक शब्द चर्चा नगरको जिकीर गर्नुभयो ।