Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक पनि आज बस्दै

राष्ट्रियसभाको बैठक पनि आज बस्दै

  • बुधवार, चैत्र १३ २०८१

  • 497
    SHARES

  • राष्ट्रियसभाको बैठक पनि आज बस्दै

    काठमाडौं । राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । यसैगरि राष्ट्रियसभा बैठकमा आज चारवटा मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

    भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    बुधवार, चैत्र १३ २०८१०८:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij