Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

विनानिष्कर्ष टुंगियो सत्ताधारी दलहरूको बैठक

विनानिष्कर्ष टुंगियो सत्ताधारी दलहरूको बैठक

  • मंगलवार, चैत्र १२ २०८१

  • 392
    SHARES

  • विनानिष्कर्ष टुंगियो सत्ताधारी दलहरूको बैठक

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी दलहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

    आज दिउँसो बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि बैठक निष्कर्षबिहीन भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो । कार्यव्यस्ताका कारण जसपा अध्यक्ष अनुपस्थित भएपछि बैठक कुनै एजेण्डामा प्रवेश नगरी सकिएको श्रेष्ठले बताउनुभयो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोमा चौतर्फी विरोध भइरहेको बेला प्रधानमन्त्री केपी ओलीले सत्ता पक्षीय दलहरूको बैठक बोलाउनु भएको हो ।

     


    मंगलवार, चैत्र १२ २०८१०७:३२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij