Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

एमालेलाई कांग्रेसको पूर्ण समर्थन छ - सभापति देउवा

एमालेलाई कांग्रेसको पूर्ण समर्थन छ - सभापति देउवा

  • मंगलवार, चैत्र १२ २०८१

  • 696
    SHARES

  • एमालेलाई कांग्रेसको पूर्ण समर्थन छ - सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र नेपाली कांग्रेसको पूर्ण साथ समर्थन रहेको बताउनु भएको छ ।

    कांग्रेस–एमालेबिच सम्बन्धमा केही आशंका पैदा भएको चर्चा परिचर्चा चलिरहेका बेलामा देउवाले ओलीलाई आफ्नो र कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको हो । आज काठमाडौँमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ नामक किताब विमोचन कार्यक्रममा सभापति देउवाले ओली र आफू जेल बस्दा गोलघरमा संबै बसेका साथीसमेत भएको बताउनुभयो ।

    सोमबार मात्रै ओली नेतृत्वको कांग्रेससमेत सहभागी सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर त्यो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि कांग्रेस महामन्त्रीद्वयले सरकारको निर्णयको विरोध गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताएपछि कतै दुई पार्टीबीचको सम्बन्धमा दरार आउने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला देउवाले त्यस्तो अभिव्यक्ति आएको हो ।


    मंगलवार, चैत्र १२ २०८१०४:३८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij