Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

जनमत र नागरिक उन्मुक्तिबीच एकताको अन्तिम तयारी

जनमत र नागरिक उन्मुक्तिबीच एकताको अन्तिम तयारी

  • शनिवार, चैत्र ९ २०८१

  • 600
    SHARES

  • जनमत र नागरिक उन्मुक्तिबीच एकताको अन्तिम तयारी

    काठमाडौं । डा. सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी एकताको अन्तिम तयारी भएको छ। तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन्।

    अहिले दुवै पार्टी एकताको लागि आन्तरिक तयारीमा केन्द्रित छन्। जनमतसँग एकताबारे निर्णय लिनको लागि नाउपाको केन्द्रीय समितिको बैठक हिजोदेखि जारी छ। बैठकले जनमतसँग एकता गर्ने निर्णय र तयारीको लागि कार्यदल बनाउने जनाइएको छ। नाउपासँग एकता गर्ने मोटामोटी सहमति भइसकेको जनमतका प्रवक्ता डा. शरद यादवले बताउनुभयो ।

    जनमतले यसअघि नै नाउपासँग एकताको लागि उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल बनाइसकेको छ। कार्यदलमा प्रवक्ता यादव र सचिव बालगोविन्द चौधरी सदस्य छन्। पार्टी एकतापछि सिके राउत अध्यक्ष र रेशम चौधरी संरक्षक बन्ने सहमती भएको छ ।

    यी दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ। संसद्मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ । तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो। जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ।


    शनिवार, चैत्र ९ २०८१०२:४६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij