Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

जलवायु परिवर्तन - ‘खानेपानी, कृषि लगायतका क्षेत्रमा व्यापक असर’

जलवायु परिवर्तन - ‘खानेपानी, कृषि लगायतका क्षेत्रमा व्यापक असर’

  • शनिवार, चैत्र ९ २०८१

  • 394
    SHARES

  • जलवायु परिवर्तन - ‘खानेपानी, कृषि लगायतका क्षेत्रमा व्यापक असर’

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि र जलविद्युतमा असर गरेको बताउनुभएको छ । आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) द्वारा आयोजित ‘दिगो खानेपानी सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि, जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताउनुभयो ।

    पानी जीवनको आधार भएकाले हिमनदीको संरक्षण गर्न जरुरी रहेको बताउँदै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको बताउनुभयो ।

    स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) को सुनिश्चितता भनेको नागरिकको मौलिक हक मात्र नभई सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनको पनि मुख्य आधार भएको मन्त्री यादवको भनाई थियो । विश्व पानी दिवस २०२५ को नारा ग्लेसियर संरक्षण गरौँ भन्ने तय गरिएको छ ।


    शनिवार, चैत्र ९ २०८१०२:१४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij