Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राजतन्त्र फर्किन्छ भन्नेहरु निराशा र काल्पनिक सपनामा बाँचिरहेका छन् - बाबुराम भट्टराई

राजतन्त्र फर्किन्छ भन्नेहरु निराशा र काल्पनिक सपनामा बाँचिरहेका छन् - बाबुराम भट्टराई

  • शनिवार, चैत्र ९ २०८१

  • 450
    SHARES

  • राजतन्त्र फर्किन्छ भन्नेहरु निराशा र काल्पनिक सपनामा बाँचिरहेका छन्  - बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेको बताउनुभएको छ । राजतन्त्र भुत भइसकेको र त्यो फेरी फर्किन्छ भनेर भ्रममा नपर्न उहाँले आग्रह गर्नुभएको छ । आजको दिनमा पनि राजतन्त्र फर्किन्छ भनेर भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने बताउनुभयो ।

    आज नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन अन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम मधेस प्रदेशको जनकपुरमा सुरु भएको छ। अभियान सुरु हुनु अघि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा, र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।

    डा.भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने, र सरकार छान्ने अवसर दिएको उल्लेख गर्दै पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक क्रान्ति, रोजगार, वैज्ञानिक तथा प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।


    शनिवार, चैत्र ९ २०८१०१:२५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij