Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पानीको सदुपयोगबाट मुलुकमा समृद्धि हासिल हुने उर्जामन्त्रीको विश्वास

पानीको सदुपयोगबाट मुलुकमा समृद्धि हासिल हुने उर्जामन्त्रीको विश्वास

  • शनिवार, चैत्र ९ २०८१

  • 308
    SHARES

  • पानीको सदुपयोगबाट मुलुकमा समृद्धि हासिल हुने उर्जामन्त्रीको विश्वास

    काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ। आज काठमाडौँमा आयोजित पानी सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उहाँले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

    पानी दैनिक जीवनको मात्र नभई आर्थिक समृद्धिको वाहक भएकाले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको उहाँको भनाई छ ।

    ऊर्जामन्त्री खड्काले जलश्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गर्नुभयो । जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको भन्दै उहाँले हिमनदीहरू खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको बताउनुभयो ।

    बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताउँदै उहाँले जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

     


    शनिवार, चैत्र ९ २०८१०१:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij