काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतबाट स्वदेश फर्किनु भएको छ । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर उहाँ आज नेपाल आइपुग्नु भएको हो ।
त्रिभुवन विमानस्थलमा अवतरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय नै नमागेकाले भेट नभएको बताउँदै उहाँले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार परिवर्तन गर्न खोजेको हल्लामा कुनै सत्यता नभएको बताउनुभयो ।
पत्रकारका एक प्रश्नमा उनले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने उहाँको भनाई थियो । नेपालमा हालै भएका राजनीतिक घटनाक्रमबारे गरिएको प्रश्नमा उहाँले भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभयो ।
भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म गरेको राइसिना डायलगमा सहभागी भएर उहाँ स्वदेश फर्किनुभएको हो ।