Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सरकारले संविधान संसोधनका लागि एक पाइला पनि चाल्न सकेन - एनपी साँउद

सरकारले संविधान संसोधनका लागि एक पाइला पनि चाल्न सकेन - एनपी साँउद

  • शुक्रवार, चैत्र ८ २०८१

  • 397
    SHARES

  • सरकारले संविधान संसोधनका लागि एक पाइला पनि चाल्न सकेन - एनपी साँउद

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुई तिहाइको सरकारले सात बुँदे सहमतिमा उल्लेख गरिएको संविधान संशोधनका लागि एक पाइला पनि चाल्न नसकेको बताउनुभएको छ ।

    कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले शुक्रवार आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा साउदले सत्तारुढ गठनबन्धनका तर्फबाट पनि संविधानका एजेन्डाहरू बाहिर ल्याउने काम गर्न नसकिएको बताउनुभएको हो ।

    संविधान संशोधनको बाटोमा दुई तिहाइको सरकारले पहिलो पाइला पनि चाल्न नसकेको बताउँदै उहाँले सत्तारुढ गठबन्धनकै तर्फबाट पनि संविधानका केही एजेन्डाहरू बाहिर ल्याउने काम गर्न नसकेको बताउनुभयो । सरकार गठनका बेला कांग्रेस–एमालेले सात बुँदे सहमति पत्रमा काइते शैलीमा संविधान संशोधन उल्लेख गरेको उहाँको भनाइ छ।

    कानुनी भाषामा अलिअलि काइते भन्ने शब्द प्रयोग गर्ने र त्यही काइते शब्दावलीमा सात बुँदाको २ नम्बरमा संविधानका सफल पक्षहरूलाई बलियो बनाउने, र कमी कमजोरीलाई हटाउने भनेर लेखिएको उहाँले बताउनुभयो । तर सरकार गठनका क्रममान लेखिएका बुँदाहरुमा समेत सरकारले सामान्य छलफलसमेत गनर्ज नसकेको उहाँको भनाई छ ।


    शुक्रवार, चैत्र ८ २०८१०४:३६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij