Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याइने खानेपानी मन्त्री यादवको दाबी

५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याइने खानेपानी मन्त्री यादवको दाबी

  • शुक्रवार, चैत्र ८ २०८१

  • 452
    SHARES

  • ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याइने खानेपानी मन्त्री यादवको दाबी

    काठमाडौं । सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले सरकारको लक्ष्यबारे जानकारी दिनुभएको छ ।

    मन्त्री यादवलाई सांसद भुवनबहादुर सुनारले हाल १९ प्रतिशत नागरिकसम्म मात्रै गुणस्तरीय पानीको पहुँच रहेको भन्दै यसमा सुधार गर्ने योजना के छ ? शतप्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी कहिलेसम्म उपलब्ध गराउने सकिन्छ भनेर प्रश्न गर्नुभएको थियो ।

    जवाफमा मन्त्री यादवले २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुगेको तथ्याङ्क रहेको बताउनुभयो । यसमा वृद्धि भएको तथ्यांक अद्यावधिक हुन बाँकी रहेको भन्दै उहाँले थप रफ्तारमा काम गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

    नेपालमा ४२ हजार खानेपानी उपभोक्ता समिति रहेको उल्लेख गर्दै उहाँले उपभोक्ता समिति र दातृ निकायको सहयोग समेत लिएर लक्ष्य पुरा गरिने बताउनुभयो । त्यसका लागि तीन तहका सरकारबीच समन्वय गरेर काम गरिने उहाँको भनाई छ ।


    शुक्रवार, चैत्र ८ २०८१०२:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij