Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको प्रचण्डको आरोप

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको प्रचण्डको आरोप

  • शुक्रवार, चैत्र ८ २०८१

  • 345
    SHARES

  • वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको प्रचण्डको आरोप

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाउनुभएको छ । आज वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताउनुभयो ।

    अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताउँदै भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाउनुभयो । २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहने उहाँको जिकिर छ । आफू २०८४ सम्म जनताकै साथमा रहने उहाँको भनाइ छ ।

    सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने भन्दै उहाँले सरकारमा हुँदा आफूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको दाबी गर्नुभयो । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको र आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको दाबी गर्नुभयो ।


    शुक्रवार, चैत्र ८ २०८१०२:१३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij