कालिका संस्कृत विद्यापीठको स्ववियू सभापतिमा नेविसंघका भण्डारी सर्वसम्मत
कालिका संस्कृत विद्यापीठको स्ववियू सभापतिमा नेविसंघका भण्डारी सर्वसम्मत
बिहिवार, चैत्र ७ २०८१
976
SHARES
काठमाडौं। नवलपुरको कालिका संस्कृत विद्यापीठको स्ववियू सभापतिमा नेविसंघका अनुप भण्डारी सर्वसम्मत हुनु भएको छ। नेपाल विद्यार्थी संघका तर्फबाट सभापति पदमा उमेदवारी दिनुभएका भण्डारीलाई अनेरास्ववियुले समेत समर्थन गरेपछी सर्वसम्म हुनुभएको हो ।
त्यस्तै सचिव पदमा अनेरास्ववियुका कमल सापकोटा, कोषाध्यक्षमा नेविसंघका लक्ष्मणप्रसाद सापकोटा, सदस्यमा अनेरास्ववियुका सागर भूषाल र नेविसंघका कृष्ण पौडेल, तुलसा घिमिरे र समानुपातिक तर्फ नेविसंघका मिलनकुमार पराजुली र ऋषि अधिकारी तथा अनेरास्ववियूका सुजन ढुंगेल चयन हुनु भएको छ।
सभापतिमा सर्बसम्मत चयन भएपछि अनुप भण्डारीले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। समस्यामा परेका विद्यार्थीको पक्षमा काम गर्दै विद्यापीठलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न प्रयत्नरत रहने भण्डारीको भनाई छ।
कालिका संस्कृत विद्यापीठ गैंडाकोट वडा नं ६ मा रहेको छ भने भण्डारी चितवनको रत्ननगर वडा नं ५ निवासी हुनुहुन्छ।