Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तीन आकांक्षी

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तीन आकांक्षी

  • बुधवार, चैत्र ६ २०८१

  • 787
    SHARES

  • लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तीन आकांक्षी

    काठमाडौं। नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन शुक्रबार सुरु हुँदैछ। यही चैत्र ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले आकांक्षा राखेका छन्।

    ७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्ष पदका लागि माधवप्रसाद चम्लागाई, प्रकाश पन्त र विकास थापा आकांक्षी देखिएका छन्। हाल अध्यक्ष रहेका पन्त आरक्षणतर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन्। उनले फेरिपनि संघको नेतृत्वमा आउने इच्छा गरेका छन्।

    यस्तै चम्लागाई हाल संघको केन्द्रीय सदस्य छन्। अपाङ्गता भएका व्यक्तिका हक हितका पक्षमा लामो समयदेखि नीतिगत तहमा काम गर्दै आएका उनले देशको संविधान निर्माणका समयमा र नेपाली कांग्रेसको वर्तमान विधान संशोधन गर्दा अपाङ्गता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्वको विषयलाई उठाएका थिए ।

    अर्का अध्यक्षका आकांक्षी थापा संघको पुर्व केन्द्रीय सदस्य हुन्। उनी पनि अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा काम गर्दै आइरहेका छन्।

    तर अध्यक्षका बलियो दाबेदार ठानिएका चम्लागाई भने कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन। उनले ०५४ सालदेखि नेविसंघको सक्रिय राजनीति हुँदै नेपाल प्रेस युनियनलु केन्द्रीय समिति, नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा बसेर अपाङ्गता अधिकारका क्षेत्रमा काम गरिसकेका छन।

    नेपालको संविधानमा ०७४ सालमा अपाङ्गता भएका व्यक्तिहरुको मुद्दा समावेश गराउन भूमिका खेलेका उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सर्बोच्च शिखर सगरमाथा लगायतका हिमाल आरोहणमा रोक लगाउने कानुनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गरेका थिए। उनको यो पहलपछि समानताको हक अन्तर्गत उक्त कानुन खारेज भएको थियो।

    प्रथम महाधिवेशन प्रचारप्रसार समिति संयोजक समेत रहेको चम्लागाईले अध्यक्षमा आफ्नो दाबी ६ महिनाअघि नै प्रस्तुत गर्दै आएका थिए।

    संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिलारखुल्ला) दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने व्यवस्था छ।

    महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आउन थालेका छन्। पार्टी सभापति शेर बहादुर देउवाले महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ।


    बुधवार, चैत्र ६ २०८१०८:२३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij