Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

उद्योगको लाइन काटेर कुलमानले लोडसेडिङ अन्त्यको हल्ला फैलाएको उर्जामन्त्रीको आरोप

उद्योगको लाइन काटेर कुलमानले लोडसेडिङ अन्त्यको हल्ला फैलाएको उर्जामन्त्रीको आरोप

  • बुधवार, चैत्र ६ २०८१

  • 351
    SHARES

  • उद्योगको लाइन काटेर कुलमानले लोडसेडिङ अन्त्यको हल्ला फैलाएको उर्जामन्त्रीको आरोप

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था अहिलेपनि रहेको बताउनुभएको छ ।

    अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहहेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतबाट आयातित विद्युत्का कारण लोडसेडिङ हटेजस्तो भएको जिकिर गर्नुभयो ।

    मन्त्री खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप लगाउनुभयो ।

    मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताउनुभएको छ ।


    बुधवार, चैत्र ६ २०८१०५:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij