Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता छ - देउवा

कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता छ - देउवा

  • बुधवार, चैत्र ६ २०८१

  • 462
    SHARES

  • कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता छ - देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउनुभयो ।

    संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उहाँको भनाइ छ । कुनै पनि पार्टीको बहुमत आउन गाहे भएको भन्दै सभापति देउवाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    उहाँले कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नभई संविधानमा रहेको व्यवस्थालाई कारण रहेकाने बताउनुभयो ।


    बुधवार, चैत्र ६ २०८१०५:३९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij