Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

कुनै हालतमा राजतन्त्र नफर्किने विमलेन्द्रको दाबी

कुनै हालतमा राजतन्त्र नफर्किने विमलेन्द्रको दाबी

  • बुधवार, चैत्र ६ २०८१

  • 432
    SHARES

  • कुनै हालतमा राजतन्त्र नफर्किने विमलेन्द्रको दाबी

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालमा अब कुनै हालतमा राजतन्त्र नफर्किने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसद निधिले जनताले राजतन्त्र नचाहेको बताउनुभयो ।

    नेता निधिले गणतन्त्रको रक्षाको लागि जे पनि गर्न दलहरू तयार रहेको कुरा हेक्का राख्न पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिनुभयो । उहाँले राजतन्त्र अन्त्य हुँदा राजाहरूको हालत एकदमै खराब हुने इतिहास भए पनि नेपालमा जनताले धैर्यता देखाएको बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्रलाई धैर्यता र सीमा पार नगर्न चेतावनी दिनुभएको छ ।


    बुधवार, चैत्र ६ २०८१०२:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij