Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

  • बुधवार, चैत्र ६ २०८१

  • 483
    SHARES

  • राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

    काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राय वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरुले उत्तर दिने कार्यसूची छ।

    यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजानिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशाधन गर्न विधेयक, २०८१ टेबुल हुनेछ।

    अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कुसर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


    बुधवार, चैत्र ६ २०८१०९:३०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij