Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सरकारको लक्ष्य सत्ता र शक्तिमा मात्रै भएको आरोप, जनताले अनुभूति गर्ने प्रतिफल प्राप्त हुन सकेन, महत्वपूर्ण अध्यादेशहरुले सरकारप्रति आशा जाग्दै गएको सत्तारुढ दलको दाबी (खास खबर)

सरकारको लक्ष्य सत्ता र शक्तिमा मात्रै भएको आरोप, जनताले अनुभूति गर्ने प्रतिफल प्राप्त हुन सकेन, महत्वपूर्ण अध्यादेशहरुले सरकारप्रति आशा जाग्दै गएको सत्तारुढ दलको दाबी (खास खबर)

  • मंगलवार, चैत्र ५ २०८१

  • 615
    SHARES

  • सरकारको लक्ष्य सत्ता र शक्तिमा मात्रै भएको आरोप, जनताले अनुभूति गर्ने प्रतिफल प्राप्त हुन सकेन, महत्वपूर्ण अध्यादेशहरुले सरकारप्रति आशा जाग्दै गएको सत्तारुढ दलको दाबी (खास खबर)

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिसँगै केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको आठ महिना बढि भएको छ ।

    राजनीतिक स्थिरता कायम गर्दै आमजनताका आवश्यकतालाई तत्काल सम्बोधनसहित संविधान संशोधन गर्नेसम्मका विषयलाई प्राथमिकतामा राखेर दुई दलबीच भएको सहमति अनुसार सरकार गठन भएको थियो ।

    तर आठ महिना पुग्दापनि ओली नेतृत्वको सरकारले जनताका अपेक्षा पूरा गर्ने बाटो समेत समात्न नसकेको आरोप लागेको छ । सत्तारुढ दल नेपाली कांग्रेसकै प्रभावशाली नेता डा. गोविन्द पोखरेल अहिलेको सरकारले पुँजीगत खर्चको लक्ष्य नै घटाएको र गर्नुपर्ने खर्चसमेत गर्न नसकेको दाबी गर्नुहुन्छ । सरकारको प्राथमिकता सत्ता र शक्तिमात्रै भएकोले असफल भएको टिप्पणी समेत पोखरेलको छ ।

    सरकार भनेको विकासको लागि हो, तर नेपालमा राजनीति गर्नेहरुको उद्देश्य भनेको सत्ता र शक्ति प्राप्तिमात्रै देखिएको छ । सरकारले केही छिटफुट प्रयास गरेको देखिएको छ तर जनताले अनुभूति गर्नेखालको प्रतिफल प्राप्त गर्न सकेको छैन् । सरकारको प्रयासले कुनै पनि नतिजा दिन नसकेको उहाँको टिप्पणी छ ।

    ठुला दुई दलको नै बढि प्रभाव रहेको अवस्थामा पनि सरकारले प्रतिफल निकाल्न नसक्नु बिडम्बना भएको टिप्पणी भएको हो ।

    यता, सत्तारुढ दल नेकपा एमालेले आम जनतामा सरकारप्रति आशा जाग्दै गएको दाबी गरेको छ । एमाले नेता एवं बाग्मती प्रदेश इन्चार्ज डा.राजन भट्टराई कठिन परिस्थीतिमा बनेको वर्तमान सरकारले पछिल्लो आठ महिनामा चालेका सकारात्मक कदम र ल्याइएका सुशासनसम्बन्धी अध्यादेश जस्ता महत्वपूर्ण अध्यादेशले सरकारप्रति थप आशा जाग्दै गएको दाबी गर्नुहुन्छ ।

    नेता भट्टराईले केही परिवर्तन विरोधीले सरकारको विरोध गरेपनि आम सर्वसाधरणमा त्यस्तो नरहेको दाबी गर्नुहुन्छ । केपी ओली नेतृत्वमा सरकार बन्दा पनि कांग्रेस र एमाले मिल्नुका कारणबारे विभिन्न कोणबाट विश्लेषण भएका थिए । धेरैले उनीहरूबीचको गठबन्धनलाई “स्वाभाविक“ मानेका थिएनन् र अहिले पनि मान्न तयार नभएको प्रतिकृया दिईरहन्छन् ।

    दुई दलले आफुहरु मिल्नुका मुख्य आधारहरू देशमा बढेको राजनीतिक अस्थिरता, कमजोर आर्थिक अवस्था, सुशासनको कमी, र संविधानको समीक्षाका आधारमा राजनीतिक स्थायित्वका लागि संशोधनको आवश्यकता मुख्य कुरा रहेको बताएका थिए । तर, सरकार बनेको आठ महिनासम्म पनि जनताले अनुभूति गर्ने गरि प्रतिफल प्राप्त हुन नसक्दा सरकारमाथि प्रश्न उठ्नु र टिप्पणी हुनु स्वभाविक मान्न सकिन्छ ।


    मंगलवार, चैत्र ५ २०८१०७:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij