Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

  • मंगलवार, चैत्र ५ २०८१

  • 539
    SHARES

  • सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

    काठमाडौं । १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपालस्थित चिनियाँ दूतावासले सिचुवान एयरलाइन्समा १२८ चिनियाँ पर्यटक लिएर आएको बताएको छ ।

    चिनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।१२८ यात्रुहरू सहित विमान पोखरा आइपुगेको र यसले १२० भन्दा बढी यात्रुहरूलाई चीन लैजाने चिनियाँ दुतावासले जानकारी दिएको छ ।

    पोखरा अवतरण भएको जहाज मार्फत नेपालबाट १२० बढी यात्रु लिएर छेन्दु उड्नेछन् । दुई देशबिच पर्यटन प्रवद्र्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नुहुने छ । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ ।

     


    मंगलवार, चैत्र ५ २०८१०१:३८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij