काठमाडौं। अछाम केन्द्रबिन्दु भएर आज भुकम्प गएको छ । मङ्गलवार बिहान ६ः३३ बजे जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो। हालसम्म कुनै क्षतिको जानकारी आएको छैन। भूकम्पको थप विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ।