Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आजदेखि सिचुवान एयरले ‘पोखरा–छेन्दु’ उडान भर्दै

आजदेखि सिचुवान एयरले ‘पोखरा–छेन्दु’ उडान भर्दै

  • मंगलवार, चैत्र ५ २०८१

  • 862
    SHARES

  • आजदेखि सिचुवान एयरले ‘पोखरा–छेन्दु’ उडान भर्दै

    काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुन लागेको छ। विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।

    उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो । चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ ।

    एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । उहाँले पोखरा–छेन्दु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।


    मंगलवार, चैत्र ५ २०८१०७:५२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij