Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राजतन्त्र र लोकतन्त्रसँगै जान नसक्ने एमालेको निष्कर्ष

राजतन्त्र र लोकतन्त्रसँगै जान नसक्ने एमालेको निष्कर्ष

  • सोमवार, चैत्र ४ २०८१

  • 458
    SHARES

  • राजतन्त्र र लोकतन्त्रसँगै जान नसक्ने एमालेको निष्कर्ष

    काठमाडौं । नेकपा एमालेलेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले राजतन्त्र फर्काउने प्रयास कुनै पनि हालतमा सफल नहुने प्रस्ताव पारित गरेको हो ।

    यस्तै प्रतिक्रियावादी शक्तिहरूले बेमौसमको बाजा बजाएर सत्तामा जाने भ¥याङ बनाउन खोजेको तर, यसको अर्थ नरहने एमालेको दाबी छ । राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति एमालेको ध्यानाकर्षण भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

    ज्ञवालीका अनुसार बैठकमा मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने भन्दै नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षबाट ल्याएको यो व्यवस्थालाई आँच आउने कुनै गतिविधिमाथि सरकार र एमालेले खेद प्रकट गर्ने बताउनुभयो ।

    उहाँले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणतिलाई उल्टाउने काममा कसैले पनि हात नहाल्न आग्रह गनुभएको छ ।


    सोमवार, चैत्र ४ २०८१०५:१३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij