Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सरकारमा जाने माओवादीको नीति नभएको प्रचण्डको प्रष्टिकरण

सरकारमा जाने माओवादीको नीति नभएको प्रचण्डको प्रष्टिकरण

  • सोमवार, चैत्र ४ २०८१

  • 475
    SHARES

  • सरकारमा जाने माओवादीको नीति नभएको प्रचण्डको प्रष्टिकरण

    काठमाडौं । तीन ठूला दलहरू मिलेर राष्ट्रिय सरकार गठनको तयारी भइरहेको भन्दै चर्चा चलिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने नीति पार्टीले नलिएको प्रष्टिकरण दिनुभएको छ ।

    राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको विमोचन समारोह सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले सरकारमा जाने कुनै नीति माओवादीले नलिएको प्रष्टिकरण दिनुभएको हो ।

    उहाँले देशमा संकट आउँदा समाधानका बारेमा माओवादी केन्द्रले विचार दिए पनि वर्तमान सरकारमा सहभागी हुने कुरो भ्रममात्र भएको उहाँको जिकिर छ ।

    देशमा संकट आउँदा कसरी समाधान गर्ने भन्नेमा विषयमा विचार गरिरहेको बताउँदै उहाँले सरकारमा गएर कोप्ट हुने, त्यसैमा सामेल हुने कुनै नीति नभएको बताउनुभयो ।

    पूर्वप्रधानमन्त्री प्रचण्डले सञ्चार माध्यमहरूमा आएको जस्तो आफूले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कसैसँग पनि कुराकानी नगरेको स्पष्ट पार्नुभयो ।


    सोमवार, चैत्र ४ २०८१०४:४०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij