Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डको प्रस्ताव

गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डको प्रस्ताव

  • सोमवार, चैत्र ४ २०८१

  • 649
    SHARES

  • गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डको प्रस्ताव

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

    प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव गर्नुभएको हो ।

    गणतन्त्रविरुद्ध राजावादी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले त्यसलाई असफल बनाउन ओली र देउवासँग विभिन्न ढंगले संवाद अगाडि बढाइएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताउनुभयो । तर तीन नेताबिच प्रत्यक्ष भेटघाट भने नभएको उहाँले बताउनुभयो ।

    आचार्यले केही दिनअघि प्रधानमन्त्री ओलीका विज्ञ सल्लाकार अग्नि खरेल प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गर्न आएको समेत स्वीकार गर्नुभएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र फागुन २५ गते स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरूको सहभागिताबारे माओवादीले गम्भीर समीक्षा गरेको छ ।

    यसअघि नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताउनुभएको थियो ।


    सोमवार, चैत्र ४ २०८१०३:०६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij