Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको देउवाको दाबी

मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको देउवाको दाबी

  • सोमवार, चैत्र ४ २०८१

  • 526
    SHARES

  • मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको देउवाको दाबी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताउनुभएको छ ।

    आज राससद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक हस्तान्तरण कार्यक्रमका क्रममा सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

    मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उहाँको भनाइ थियो । पुस्तक अवलोकनपछि उहाँले जनअपेक्षा अनुसारका धेरै काम गर्न बाँकी रहेकाले सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

    सभापति देउवाले सो अवसरमा राससका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो ।


    सोमवार, चैत्र ४ २०८१०२:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij