Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

लोकसेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह

लोकसेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह

  • सोमवार, चैत्र ४ २०८१

  • 431
    SHARES

  • लोकसेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोकसेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले लोकसेवा आयोगका प्रमुखलाई सम्झनुभएको हो ।

    ‘सुशासनसम्बन्धी विधेयकमा छलफल गर्दै गर्दा हालका प्रमुख आयुक्त माधव रेग्मीले समितिको बैठकमा सय जना कर्मचारीलाई संघसंगठनका कारण केही गर्न सकेको छैन भन्ने अभिव्यक्ति दिएको श्रेष्ठले बताउनुभयो । लोकसेवा आयोगलाई काम गर्न सहज हुने र सुशासन कायम गर्न सहयोग पुग्नेगरी ऐन बन्नुपर्नेमा सांसद श्रेष्ठको आग्रह छ ।

    त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले लोकसेवा आयोगको परीक्षा ६ पटकमात्र दिन पाउने गरी कानुन बनाउन नहुने बताउनुभएको छ । उहाँले ६ पटकभन्दा बढी लोकसेवा आयोगको परीक्षा दिन नपाउने कानुनी व्यवस्था गर्नु गलत भएको बताउनुभयो ।

    नागरिकलाई परीक्षाबाट वञ्चित गर्ने कानुन बने रोजगारीका लागि खाडी मुलुकतिर जाने युवाको सङ्ख्या बढ्ने भन्दै उहाँले सरकारले रोजगारीको विकल्प नदिनु र परीक्षामा प्रतिष्पर्धा गर्न रोक्नु मौलिक अधिकारबाट वञ्चित गरेको बताउनुभयो ।

    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोकसेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।


    सोमवार, चैत्र ४ २०८१०२:१०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij