Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

दिगो जलश्रोत व्यवस्थापनका काम गरिरहेको उर्जामन्त्री खड्काको दाबी

दिगो जलश्रोत व्यवस्थापनका काम गरिरहेको उर्जामन्त्री खड्काको दाबी

  • सोमवार, चैत्र ४ २०८१

  • 426
    SHARES

  • दिगो जलश्रोत व्यवस्थापनका काम गरिरहेको उर्जामन्त्री खड्काको दाबी

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दिगो जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुरमा नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह उद्घाटन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनको असरका कारण हिमनदी खुम्चिँदै गएकाले जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो ।

    जलवायु परिवर्तनका कारण जलश्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षामा गम्भीर चुनौति सिर्जना भएको बताउँदै मन्त्री खड्काले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्दै जलश्रोतलाई जोगाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारीलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

    जलश्रोतसम्बन्धी अध्ययन प्रभावकारी बनाउदै मौसम परिवर्तनको असर न्यूनिकरण गर्न दीर्घकालीन नीति बनाउनुपर्ने उहाँले बताउनुभयो । मन्त्री खड्काले जलश्रोत विधेयक छिटै अघि बढ्ने भन्दै यसमा जलश्रोत उपयोग र संरक्षणका लागि आवश्यक नीतिको समेत व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।


    सोमवार, चैत्र ४ २०८१०२:०७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij