Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पूर्व विशिष्टलाई सेवा सुविधा दिने कानुन बनाउन लागेको गृहमन्त्रीको भनाई

पूर्व विशिष्टलाई सेवा सुविधा दिने कानुन बनाउन लागेको गृहमन्त्रीको भनाई

  • सोमवार, चैत्र ४ २०८१

  • 426
    SHARES

  • पूर्व विशिष्टलाई सेवा सुविधा दिने कानुन बनाउन लागेको गृहमन्त्रीको भनाई

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टहरूलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिनुभयो ।

    उहाँले सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएका निर्देशनलाई पालना गरी कानुन बनाउने तयारी अगाडि बढाउन थालिएको जानकारी दिनुभयो ।

    गृहमन्त्री लेखकले जवाफ दिने क्रममा अहिले पनि पूर्वविशिष्ठहरूले सरकारले बनाएको मापदण्डका आधारमा सेवा सुविधा लिइरहेको बताए । बताउँदै त्यही सेवा सुविधालाई संसदबाट कानुन बनाएर दिनका लागि तयारी थालिएको बताउनुभयो ।


    सोमवार, चैत्र ४ २०८१०१:०४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij