Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको स्थायी कमिटी बैठक पनि बस्दै

नेकपा एसको स्थायी कमिटी बैठक पनि बस्दै

  • सोमवार, चैत्र ४ २०८१

  • 256
    SHARES

  • नेकपा एसको स्थायी कमिटी बैठक पनि बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दै छ ।बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।

    आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् ¥याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयार गर्नेलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

    काठमाडौं उपत्यकामा रहेका स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ भने उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ ।


    सोमवार, चैत्र ४ २०८१११:३७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij