Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधी सभामा आज कसले के भने !

प्रतिनिधी सभामा आज कसले के भने !

  • आइतवार, चैत्र ३ २०८१

  • 488
    SHARES

  • प्रतिनिधी सभामा आज कसले के भने !

    काठमाडौं । प्रमुख सत्तारूढ नेकपा (एमाले) सांसद रघुजी पन्तले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्सा रहेको तर २०१७ सालमा पञ्चायतपछि त्यो हराएको भन्दै जवाफ माग गर्नुभएको छ । गणतन्त्र आएपछि चुच्चे नक्सा ल्याएको बताउँदै उहाँले चुच्चे नक्सा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै प्रश्न गर्नुभयो ।

    प्रतिनिधी सभाको आजको बैठकमा उहाँले राजावादीहरुको पछिल्लो आन्दोलनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएकोबारे प्रश्न गर्नुभएको छ ।

    राजाबादीको आन्दोलन सबैभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’ भन्दै प्रश्न गर्नुभयो ।

    यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने बताउनुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

    एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुने र सबैभन्दा बढी पर्यटक मनोरञ्जनका हुने भएकाले त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास सम्भव हुने उहाँको भनाई थियो ।

    चैत १ बाट प्रदर्शनमा आएको फिल्म ‘राजागंज’मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले जथाभावी कैँची चलाएको विषय पनि संसद्मा पुगेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले यसबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री र राष्ट्रपति जनताले नचुनेको बताउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताउँदै वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई केही नेताहरुलाई मात्र चाहिएको बताउनुभयो । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको सांसद शाहीको भनाई छ ।


    आइतवार, चैत्र ३ २०८१०५:५१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij