Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रधानमन्त्रीको दाबी

लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रधानमन्त्रीको दाबी

  • आइतवार, चैत्र ३ २०८१

  • 388
    SHARES

  • लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रधानमन्त्रीको दाबी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताउनुभएको छ । आज काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र मुलुकको राजमार्ग भएको भन्दै लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताउनुभएको हो ।

    उहाँले सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको धारणा राख्नुभयो । अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको उहाँको भनाई छ ।

    त्यस्तै प्रधानमन्त्री ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको जिकिर गर्नुभयो । महिला र पुरुषसहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्ने र सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

    उहाँले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सबैको सुझावका आधारमा सरकारका नीति, व्यवहार र कानुनहरूलाई परिष्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


    आइतवार, चैत्र ३ २०८१०१:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij