Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

विद्यालय शिक्षा विधेयक पारित भए शिक्षा क्षेत्रका समस्या समाधान हुने अपेक्षा

विद्यालय शिक्षा विधेयक पारित भए शिक्षा क्षेत्रका समस्या समाधान हुने अपेक्षा

  • शनिवार, चैत्र २ २०८१

  • 467
    SHARES

  • विद्यालय शिक्षा विधेयक पारित भए शिक्षा क्षेत्रका समस्या समाधान हुने अपेक्षा

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । आज ललितपुरमा आयोजित बृहत् शैक्षिक सम्मान कार्यक्रममा अध्यक्ष दाहालले पञ्चायतकालीन ऐनबाट निर्देशित हुनुपर्दा परिवर्तित सन्दर्भका समस्या समाधान हुन नसकेको भन्दै विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

    जनताका सम्पूर्ण मौलिक हक अधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन चाहिने कयौँ ऐन कानुन बन्न नसको अवस्थामा संघीय संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित हुने उहाँको भनाई थियो । उहाँले शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु सबैको दायित्व भएको धारणा राख्नुभयो ।

    मुलुकमा व्यवस्था परिवर्तन भए पनि महसुस हुने गरि जनताको जीवनस्तरमा रूपान्तरण हुन नसकेको अवस्थामा जनताले खोजेको खासमा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धिका गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।

    दाहालले जनतामा बढिरहेको निराशामाथि खेल्दै परिवर्तन विरोधी र पश्चगामी शक्तिहरूले फेरि टाउको उठाउने र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै धावा बोल्ने षड्यन्त्रप्रति पनि सबै सचेत हुनुपर्ने धारणा समेत राख्नुभयो । उहाँले सरकार र राजनीतिक दलहरू जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।


    शनिवार, चैत्र २ २०८१०६:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij