Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाद्वारा नागरिक समाजसँग परामर्श

समाजवादी मोर्चाद्वारा नागरिक समाजसँग परामर्श

  • शनिवार, चैत्र २ २०८१

  • 394
    SHARES

  • समाजवादी मोर्चाद्वारा नागरिक समाजसँग परामर्श

    काठमाडौं । राजावादीले गरेको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन विरोध सभाको तयारी गरिरहेको समाजवादी मोर्चा, नेपाल बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूसँग परामर्श गरेको छ ।

    शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै सक्रिय हुन थालेपछी समाजवादी मोर्चाले आज बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूसँग परामर्श गरेकोे हो ।

    बुद्धिजीवी र नागरिक समाजसँगको परामर्श सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरेर चैत १५ का लागि तय गरिएको बृहत् विरोध सभा गर्ने जानकारी दिएको छ । राजावादीका पछिल्ला गतिविधिबाट झस्किएका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले गठन गरेको मोर्चाले यसअघि नै बृहत् विरोध सभाको घोषणा गरिसकेको थियो ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपाले संयुक्त मोर्चा बनाएर गतिविधिहरू गर्दै आएका छन् ।


    शनिवार, चैत्र २ २०८१०५:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij