Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

मधेश केन्द्रित दलको धारणा - राजतन्त्र फर्काउने गतिविधी सत्तारुढ दलप्रतिको असन्तुष्टी

मधेश केन्द्रित दलको धारणा - राजतन्त्र फर्काउने गतिविधी सत्तारुढ दलप्रतिको असन्तुष्टी

  • शनिवार, चैत्र २ २०८१

  • 408
    SHARES

  • मधेश केन्द्रित दलको धारणा - राजतन्त्र फर्काउने गतिविधी सत्तारुढ दलप्रतिको असन्तुष्टी

    काठमाडौं । राजतन्त्र फर्काउनका लागि राजवादी संघ, संगठनले गरेको प्रदर्शनलाई मधेस केन्द्रित दलका नेताहरूले वर्तमान सरकार तथा सत्तामा रहेका दलहरूप्रतिको असन्तुष्टीका रूपमा व्याख्या गरेका छन् ।

    पूर्वराजाको पक्षमा भइरहेका प्रदर्शन अहिलेको सरकार र सत्तामा रहेका दलहरूप्रतिको असन्तुष्टीकै परिणाम रहेको उनीहरूको भनाइ छ । सरकार र सत्तारुढ दलहरूले जनताको चाहनालाई पूरा गर्न नसक्दाकै असन्तुष्टी सडकमा पोखिएको उनीहरूले प्रस्ट पारेका छन् ।

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजावादीको आडमा देखिएको असन्तुष्टी कांग्रेस, कम्युनिस्ट दलप्रतिको असन्तुष्टी रहेको बताउनुभयो । जनताले कांग्रेस, कम्युनिस्टको विकल्प खोज्न थालेको भन्दै उहाँले मौका छोपेर पूर्वराजाले पनि आफ्नो स्पेश खोज्न लागेको बताउनुभयो । कांग्रेस, कम्युनिस्टको विकल्प खोज्ने क्रममा पूर्वराजाको पक्षमा गतिविधि बढेको अध्यक्ष यादवको भनाई छ ।

    यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि राजावादीहरूको सल्बलाहट अहिलेको सरकार र राजनीतिक दलहरूप्रतिको असन्तुष्टि नै रहेको बताउनुभएको छ । देशमा लामो समयदेखि कांग्रेस, कम्युनिस्टलगायतका दलहरूले शासन गरे पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको राउतको भनाइ छ ।

    कांग्रेस, कम्युनिस्ट पार्टीहरूले लिएको राजनीतिक विचार वा नीति परिवर्तन ल्याएपछि अहिलेका धेरै समस्या समाधान हुने अध्यक्ष राउतको दाबी छ । उहाँले यो देशमा राजा आउने सम्भावना रत्तिभर नरहेको र अहिलेको गणतन्त्रलाई अलिकति परिस्कृत गरेमा धेरै समस्या समाधान हुने दाबी गर्नुभयो ।

    लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले अहिलेका दलहरूभित्र देखिएको विवाद, असन्तुष्टि पनि जनतामा असन्तोष बढ्नुको एउटा कारण रहेको बताउनुभयो ।


    शनिवार, चैत्र २ २०८१०३:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij